‘राष्ट्रियता र प्रजातन्त्रप्रति कसैसँग सम्झौता गर्न सकिदैन् :मुख्यमन्त्री पाण्डे

२०८१ पुष १६ गते मंगलवार
सारांश
  • नेपालको राष्ट्रियता र अर्को प्रजातन्त्र हो । राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसको लागि कोही कसैसँग कम्प्रोमाईज गर्न नसकिने सिद्धान्त हो ।’


पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसको लागि कसैसँग कम्प्रोमाईज गर्न नसक्ने सिद्धान्त रहेको बताएका छन् । 


मंगलबार पोखरामा ४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक शक्ति भएकाले राष्ट्रियता र प्रजातन्त्रप्रति कांग्रेसको लागि कसैसँग कम्प्रोमाईज गर्न नसक्ने सिद्धान्त रहेको बताएका हुन् । 


उनले भने,‘एउटा के बुझ्न र बुझाउन पर्नेछ भने कि कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो । स्थापनाकालदेखि नै कांग्रेसले दुईवटा कुरा उठायो । नेपालको राष्ट्रियता र अर्को प्रजातन्त्र हो ।  राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसको लागि कोही कसैसँग कम्प्रोमाईज गर्न नसकिने सिद्धान्त हो ।’


उनले गणतन्त्रपछि ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रवद्र्धन र संरक्षण गर्नको लागि काग्रेस र एमालेको सयुक्त सरकार बनेको बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार